तिमीलाई जसले भेटे आज
समुद्रको सूर्यास्त सम्झे
हिजो नजिकबाट तिमीलाई देख्ने
अरू नै थिए, तिनले तिमीलाई
झरनाको संगीतमय कलकल
निर्मल, स्वच्छ, शीतल जल सम्झे
तिमीलाई कतै पूर्णिमाको जून भनियो
कतै रातो ताजा गुलाबको फूल भनियो
जे जे भनियो, तिमीलाई धेरै कम भनियो
अरूले तिमीलाई जे भने
सिर्फ ऑखाले पढेर भने
तिम्रो सुन्दरतामा वशीभूत भएर भने
म त दिलले बोल्ने मान्छे
सक्दिनँ सस्वर खुलेर त्यति भन्न
सिर्फ मौनतामा यति लेख्न सक्छु-
तिमी शब्दातीत सुन्दर छौ
सौन्दर्य प्रतीक र बिम्बभन्दा सुशील छौ
लाग्छ, हेर्दाहेर्दै तिमीलाई
बरू थाक्लान् मेरा यी आँखाहरू
थाक्दैनन् मनका बाँसुरी भाकाहरू ।
रत्ननगर, चितवन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला