मरेनन् मृगतृष्णाहरू
मरेनन् लोभ लालच
मरेनन् ती ईर्ष्या डाहा
मरेनन् कामभाव पनि
मरेनन् षडयन्त्र जाल
मरेनन् झुठ र फरेव
मरेनन् मनका शकुनिहरू
मरेनन् अहं र घमण्ड
मरेनन् मनका दुष्टता
मरेनन् ढोङ पाखण्ड
मरेनन् ती पातकिपन
मरेनन् पाप र अधर्म
ती केही नमरिकनै म मरेँ
म अगति परेँ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला