सधैँ भरिपूर्ण हुने आकाश
किन आज खाली खाली छ
सायद उसमा निराशा छ
बेचैनीले डेरा जमाएको छ
अनि यस्ता अनेक बेचैनीहरूको
प्रत्येक आगमनले
झनै उसलाई सताएको छ
त्यसैले ऊ आज कतै हराएको छ
उसले यहाँ धेरै गर्नु छ
किनकि
ऊ आफैँ खाली छ
र,
आफू रहेको धर्ती खाली छ
यहाँ के छैन सबै छ
तर
भोक हराएको छैन
पेट भरिएको छैन
नाना चाचाको अपेक्षा छ
छानाको अपेक्षा छ
अझै धेरै अपेक्षा बाँकी छन्
त्यसैले यहाँ
परिवर्तनको खाँचो भइरहेछ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला