कुम्भकर्णले एक दिन देखेका थिए सपना
उडाउँदै थिए रावणले पुष्पक विमान
हपार्दै थिए कुम्भकर्ण रावणलाई
नउडाऊ पुष्पक विमान
आज्ञा लिएर आऊ एयर ट्राफिक शिवजीसँग
नत्र भलो हुँदैन हामी कसैको पनि
गयो रावण आज्ञा लिन शिवजीसँग
तर, भेट भएन शिवजीसँग देखेछन् साँढेलाई
बाहन नै हुन् शिवजीको खुशी पार्छु उनलाई
खुशी पार्न ल्यायो लंकामा साँढेलाई
रावणले पुज्दैन साँढेलाई सेवा गर्छ बेसरी
सेवा गर्न बनायो रावणले एउटा मोटर गाडी
भन्नथाल्यो रावण –
हे नन्दी महाराज ! आज्ञा दिनुहोस् मलाई
हे बाहन ! बाहन चढ्न कत्ति मज्जा
सिकाइ दियो रावणले मोटर गुडाउनलाई साँढेलाई
छिटो आज्ञा पाउने लोभमा बनाउँदै थियो मोटर बाटो
बरबराउँदै छ रावण आफू हिँड्नु पर्दैन
प्रबल छ साँढे हुँइक्याउँछन् यस्तैमा
बाटो पनि देखाइदियो रावणले साँढेलाई
‘सर्च दि गुगल !’
देखेनन् सपना कुम्भकर्णले ट्राफिक हुन्छ बाटोमा
बिर्सियो साँढेले एयर ट्राफिक बसेको आकाशमा
हेक्कै भएन रावणलाई आज्ञा पाऊँ बसाह भन्नमा
निक्ल्यो साँढे अब मोटर यात्रामा
होस् छैन साँढेलाई नियम हुन्छ बाटोको
ब्रेक राखिदिएको थियो रावणले विनास नहोस् भनी
तर, साँढे त हो, गाई देख्नै नहुने पर्वाह गर्दैनन् कसैको
जहाँ धेरै गाई, लाग्छ पछि त्यतै–त्यतै
हर्न बजाएर समान खोजदेऊ भन्छ लंकाबासीलाई
केही देख्नै नहुने झट्पट हर्न बजाउने
सक्दैन कुर्न रिसाएर कुटुँलाजस्तै गर्छ है
झन् मात लाग्दै जान थाल्यो अब साँढेलाई
लंकाबासी देख्नै नहुने बाटोमा हिलो छ्यापिहाल्छ है
लंकाबासीहरु लंकेश्वरलाई वित्ति विसाउन गए
कस्तो भयो त बाटो भनी रावणले सर्वे गर्न थाले
कहाँ रहेछ सडक, रहेछ केवल नक्सा
परिपृच्छा गरे रावणले लंकाबासीलाई खैं बाटो
भन्छन् लंकाबासि –
नापोनापो साँढेले भत्कायो
खन्यौं अलिक ढल आफैले
बिन्ती बिसाउँदै छ रावण साँढेलाई
नन्दी प्रभु ! आज्ञा पाउँ विमान उढाउनलाई
सम्झियो बसाहले एयर ट्राफिकको नियम त्यसबैलै
निदेश ग-यो साँढेले बाटो छाड्दैनन् लंकाबासीले
काम गर्दैन हर्नले, जडान गर् साइरन बाजा अहिलै नै
साँढेको कार्य देखेर ईर्ष्या लागेको छ रावणलाई
बरबराउँछ विमान चलाउन पाएपछि मोज गर्छु साँढे झैं
जोडिदियो रावणले साइरन बाजा त्यतिबैलै
अह्रोर गर्दै भन्छ साँढे – नियम सिक रावणलाई
हिँड्न थाल्यो अब साँढे राम्रो बाटो छानेर
साइरन बाजा बजाउँदै निस्किहाल्यो अलिखेरै
मरेको वा मर्न लागेको जे होस् खाली हुनुपर्छ मोटर बाटो
भुलचुक भएर बाटोमा पुगे भने थुनिन्छन् लंकाबासी
अब साँढेलाई बाहन चढ्न झनै सजिलो
हिँडन् पाउँदैनन् बाटोमा लंकाबासी साँढेको यात्रा छ भनेर
जिल्लाराम ! शिवजी किन रहेछ खाली बाटो ?
अलिबारमा साँढेको यात्रा परेको रहेछ
किचिदियो शिवजीलाई अवरोध गर्ने भनेर
आघोष गर्नुभयो शिवजीले –
विमान हेर्न राखेको आयौ कसरी लंका तिर ?
कस्तो मुर्ख रावण नियम नसिकाई दिएछ मोटर
श्राप दिनुभयो पशुसँग युद्ध गर्नु परोस् भनेर
क्षमा माग्दै हुनुहुन्छ शिवजी लंकाबासीसँग
मेरो बाहनले दुःख दियो जनी गर्नुहोस् भनेर
बाहन यस्तो छाडा चलाउँछौ, आरोह गरौं कसरी ?
भो हिँडेर जान्छु भनी लम्कन थाल्नुभयो कैलाश तिरै
लम्कदा लम्कदै बाटामा भेट भयो बाँदर जातिसँग
बिन्ती बिसाउँदै थिए बाँदरले प्रभु आशीर्वाद पाऊँ
’विजयी भव’ भनि आई ध्यान गर्न बस्नुभयो पशुपति तिरै
शिवजीले आशीर्वाद दिएको डाहा लागेछ साँढेलाई
केही बाँदरलाई उचाल्दै ल्याउँदै थियो पशुपतितिरै
शिवजी रिसाउनु भएछ भनी
ढोका बाहिरै बसी साँढे माफ माग्दै छ अहिलेसम्म पनि
हेक्कै भएन छ साँढेलाई आज्ञा दिएँ कि दिइनँ
हेक्कै भएन छ बाँदरले लाइसेन्स पायो कि पाएन
हेक्कै भएन छ बाँदरलाई पनि नियम हुन्छ कि हुँदैन
यसकारण बाँदरले मोटर चलाउने अनुमनि नै पाएनन्
आइपुग्यो रावण बसाहको नजिकै
विमान चलाउन आज्ञा पाऊँ भन्न थाल्यो परबाटै
साँढेले ‘आज्ञप्ति भनी’ दिए रावणलाई वरदान
साँढेले जस्तै चलाउन थाल्यो पुष्पक विमान
उडाउँदै जाँदा वनमा सीतालाई देखेछ
स्त्री जाति देख्नै नहुने सीताजीलाई हरण गरी लगेछ
बाँदर जातिले के छाड्थे र लंका नै जलाइ दिएछन्
साँढेको नियम अनुसरण गर्दा विचरा रावणको ज्यानै गयो है
भन्दैछन् बाँदरहरू साढेको नियम मान्दैनौं हामी त
फेरी, शिवजीले वरदान दिनुभयो ‘तथास्तू’ भनी त
चलाउँदैन मोटर, छैन बाँदरको लाइसेन्स
भन्छन् बाँदरहरु ट्राफिक नियम नै मान्दैनौ हामी त
नियम मान्न नसक्ने बाँदरले चलाउँछ मोटर कसरी ?
नियम मान्नेहरूले पनि किचिदिन्छन् उसलाई त
नियम मान्न नसक्ने भनेर मार्नु हुँदैन बाँदर
त्यो त साँढेको जस्तो नियम भैगयो फेरि त
साँढेले जस्तै चलायो भने हुँदैन बाटो र मोटरको इज्जत
हुन्छ हालत हाम्रो पनि रावणको जस्तो त ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।