मनका अपुरा कल्पनाहरू,
कैयौं टुटेका सपनाहरू,
पोलीरहने यी भावनाहरू,
केही प्रेमिल कामनाहरू,
हाम्रा अधुरा बातहरू,
बिझाई रहने यादहरू,
केही धमिला तस्वीरहरू,
जीवनभरिलाई पीरहरू,
तिम्ले छरेका सुवासहरू,
छिन्नभिन्न ती विश्वासहरू,
रुझेका यी दुई नयनहरू,
तिम्रा मीठा बचनहरू,
अनन्तसम्मका पीडाहरू,
बालसुलभ ती क्रीडाहरू,
केही अव्यक्त कथाहरू,
बल्झिरहने व्यथाहरू,
यही मात्रै त बाँकी रैछन् नि,
तिमी गइसकेपछि… ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला