ऊ एउटा बालक थियो
चञ्चल चमकदार दियो
जसरी ऊ ठूलो हुँदै गयो
उसको आत्मा बेचियो
थियो जन्मिँदा पहिचानहीन
समाजले नयाँ पहिचान दियो
धर्म, संस्कृति, लोभ, कुरीति
राजनीति स्वार्थको
डोरीले उसलाई बाँधियो
कुरुप कालो मान्छे
सुन्दर गोरो रंग बताइयो
आफूलाई बेच
हासिल गर संसार
यस्ता तथ्यहरू पनि सिकाइयो
विजयी भए सामाजिक ठेकेदार
यो अशुभ जीतलाई बधाई हो
ब्राह्मण लतपत दलितको रक्तमा
सोध्यो उसले भगवानलाई के यही न्याय तपाईंको?
विवाहको भेषमा नारी बेचियो
विरोध गर्नेको ढाड बंग्याइयो
म हैन कुनै क्रान्तिकारी
यो आ-आफ्नो लडाईं हो
सम्भव छ सुतेको मान्छे जगाउन
नाटकीलाई सुत्न दिनु नै भलाई हो!
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला