साँझको समय नदी किनारमा

कृष्णले उनलाई
अन्तिम पटक प्रेम गरे
र गए छोडेर

त्यसै रात आफ्नो लोग्नेको अङ्गालोमा राधा यति धेरै मरेतुल्य थिइन् कि
उनको लोग्नेले सोधे-
‘केही गलत भयो ? मैले चुम्बन गर्दा तिमीलाई केही अफ्ट्यारो भएको हो ?’

राधाले भनिन्-
‘होइन, होइन । त्यस्तो केही होइन । अचानक सोचेँ,
यौटा लाशलाई कीराले टोकेर
के नै फरक पार्छ र ?’

 

कमला दास

कमला सुरैया अर्थात् उनलाई कमला माधविकुट्टी भनेर पनि चिनिन्छ, उनको उपनाम माधविकुट्टी थियो । उनी एक प्रमुख भारतीय अङ्ग्रेजी कवि र साहित्यकार थिइन् । उनी भारतको मलयाली लेखक पनि हुन् । ३१ मे २००९ मा ७५ वर्षको उमेरमा उनको मृत्यु भयो।

अनुवादः विवेक दुलाल क्षेत्री ‘दमक’

(अनुवादक विवेक दुलाल क्षेत्री दमकको वास्तविक नाम भानुभक्त दुलाल हो । उनी सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् । उनको कविता संग्रह ‘हिम आइमाईहरू’२०७५ सहित विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन् ।)