सबेरै मन्दिरमा

भगवान् भेट्न गएँ

शान्त थियो वातावरण

मैले सुटुक्क सोधेँ‑

भगवान् मेरो प्रगति कहिले हुन्छ?

प्रतिउत्तरमा भगवान मौन बस्नुभो

सुन्नुभएन छ कि, चिच्याई सोधेँ

यसपटक पनि उहाँ मौन बस्नुभो

फर्किएर सधैँझैँ अफिस गएँ

त्यसैदिन अफिसको टेबलमा

राजिनामा पत्र आएको पाएँ

सायद भगवानलाई पनि बिहान

यो भन्न गाह्रो भएको थियो होला

‘बाबु आजैबाट तिम्रो दुर्गति सुरु हुँदै छ !’