घडीले देखाएको
समय पनि
स्वयम् उसको होइन
नदिले बगाएको पानी पनि
आज ऊसँग छ
भोलि समुद्रको हुनेछ
पर्सि बाफको
अनि बादलको
यो सृष्टिमा त्यस्तो केही छैन प्रिय
जसमा कोही एक मात्रको स्वामित्व रहोस्
मसँग नितान्त मेरो भन्नू त्यस्तो के छ र ?
म तिमीलाई सुम्पिऊँ
यतिञ्जेल आफ्नो ठानेको मुटु पनि अचेल
तिम्रो नाममा धड्किन्छ
म त केवल एउटा
शून्यतामा बाँचिरहेको छु
केवल एउटा विशाल शून्यता !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला