कुरा गर्छ ऊ रकमी, काम छ उस्को कच्चा
धर्ती आकाश जोड्छ, तोड्छ आफ्नै वाचा

देख्छ स्वप्न, बर्बराउँछ, यथार्थमा लर्बराउँछ
ब्रह्मज्ञानीहरू सम्झन्छन्, स्वधन्यमा रमाउँछन्

अर्ति, उपदेश बाँढ्छ, निन्दामा प्रख्याति छ
छिपछिपे बोध बोकी, पान्डित्य बार्बराउँछ

धूर्त,भ्रष्ट नजिक राख्छ, स्व कौबेरी देखाउँछ
समृद्धिको आलापमा, जगत सारा हसाउँछ

वृद्ध जीर्ण छ शरीर, उठ्न टेका चाहिन्छ
अजम्बरी सम्झी अझै, आशक्ति पदमै छ

न विचार स्थिर छ, न स्थिर गन्तव्य नै
खै के ले चल्छ ऊ, स्वचालित देखिन्न है

काठमाडौँ