
यो रुख अब बुढो भैसक्यो
आफन्तवादको एसिड रेनले यसका पातहरू खुइलिएपछि
हरिया रहेका केही पातका स्टोमाटा
भ्रष्टाचारको प्रदूषणले बुजिएपछि
अब त
फोटो सिन्थेसिसद्वारा प्रगतिशील ग्लुकोज बन्न ठप्पै भैसक्यो
यो बुढो रुखले गर्दा
कतै राष्ट्रियताको इकोसिस्टम नै
असन्तुलनमा त पर्दै छैन ?
लौ
यो जीर्ण प्रतिगामी रुखलाई
एक युग पर्खेर
आफैँ ढलोस् भन्नु भन्दा
आऊ सबै मिलेर ढालौं
ताकि यसले
प्रजातन्त्र र समाजवादको ताजा अक्सिजन उत्सर्जन गर्दै
असमानताको विषाक्त कार्बनडाइअक्साइडलाई अवशोषण गरेर
जलवायु परिवर्तनजस्तै
परिवर्तनशील भूराजनीतिको जोखिमबाट
हाम्रो सार्वभौमसत्तालाई
सुरक्षित राखिराख्न सकोस्
यो ठूलो रुख हैन, असल रुख बन्न सकोस्।
(बिपी साहित्य महोत्सव, २५ भदौ २०८०, काठमाडौं )



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
