गर्मी यामको त्यो एउटा साँझ
पहाडी बाटोको मोडमा
प्रतिक्षारत थियौ तिमी
कुनै पथिकको
अनि त्यो पथिक
अरू कोही नभएर, म थिएँ
मोडदार पहाडी बाटोमा
मोडिएर फेरि सोझिंदै गर्दा
कालो चश्माले ढाकेका
मेरा युगल आँखाको रडारमा
तिमी कैद भएकी थियौ
पहिलोपटक
मोटी मोटी
गोरी गोरी
चित्ताकर्षक
आनन्द प्रदायक
भरिपूर्ण यौवना
जस्तो देखें, लेखें मनको दर्पणमा
नमस्ते ! युगल हात जोडिए मेरा
मुसुक्क ! जुटेका ओठ खुले उनका
अनि, कतै हृदयको अन्तरतलमा
फक्रिए बेली चमेली एकसाथ
आँखा फेरि जुध्यो
उनको फेरि झुक्यो
आउनुस् न !
सजिलैसँग आइपुग्नु भो नि?
प्रश्न
अहिले भने अलि गाह्रो भो
मेरो जवाफ
उनी हाँसिन्, म हाँसेजस्तो गरेँ
तपाईं तराईको मान्छे
पहाड कस्तो लाग्यो?
भनेँ: राम्री लाग्यो
यसपटक उनी हाँसिनन्
लजाइन्
त्यो बिछट्टको लजाई थियो
फ़ेरि उनी र म
तर सन्नाटा केहीबेर
मैले भनें
नगरी अबेर
ए पार्वती !
हेर ! म तिम्रो पर्वतारोही आइपुगें है !
धनुषाधाम नगरपालिका-४,सर्सा,धनुषा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।