१.
समुद्रका नायक, महान जाति,
वीर र अमर राष्ट्र,
अब फेरि एक पटक उठ्ने समय हो,
पोर्चुगलको भव्यता
सम्झनाको कुहिरोबाट,
हे मातृभूमि, हामी आवाजहरू सुन्छौं
तिम्रो महान पुर्खाहरुको
जसले तिमीलाई विजयमा लैजान्छ!

कोरस:

हतियारमा! हतियारमा!
जमिन र समुद्र मा!
हतियारमा! हतियारमा!
हाम्रो मातृभूमिको लागि लड्न!

२.
फहराउन नसकिने झण्डा
आकाशको उज्यालोमा !
युरोप र संसारलाई चिच्याऔँ
पोर्चुगल नष्ट भएको छैन।
तिम्रो खुशीको भूमि चुम्बन भयो
प्रेमले गनगन गर्ने सागरबाट
र तिम्रो विजयी हात
संसारलाई नयाँ संसार दिएको छ!

कोरस

उदाउँदो सूर्यलाई नमस्कार
हँसिलो भविष्यमा
अपमानको प्रतिध्वनि होस्
हाम्रो पुनरुत्थानको लागि संकेत।
त्यो शक्तिशाली बिहानीका किरणहरू
आमाको चुम्बन जस्तै छन्
जसले हामीलाई सुरक्षा र समर्थन गर्दछ
भाग्यको अपमान विरुद्ध।

रचनाकार- ह्यानरिक लोपेज दी मेन्दोन्सा (१८९०)
संगितकार- अल्फ्रेदो केली (१८९०)
अपनाइएको- ५ अक्टोवर,१९१०
अनुवादक- स्पन्दन विनोद