तिमी ऐना हेरेर सिँगार गर्छौ, र त सिँगार गर्छौ
कहिलेकाहीँ मेरो आँखामा हेर न
तिमीले आफूलाई सबैभन्दा राम्री पाउने छौ
तिमी सिराने लगाएर सुत्छु र त बिउँझिन्छौ
कहिले मेरो छाती सुत न, तिमीलाई उठ्नै मन हुन्न

तिमी दिनभरि घरको काममा व्यतित हुन्छौ, र त बेचैन छौ,
कहिलेकाहीँ ममा समय व्यतित गर न
त्यहाँ भन्दा सुकुन, अन्त भेट्ने छैनौ
किन दुनियाको पीर लिन्छौ ?
किन यति हतास हुन्छौ ?
के हामीलाई एकअर्का भए पुग्दैन र
पुरै जुनी खुसी खुसी बाँच्न ।

 

मिक्लाजुङ, मोरङ