शून्यतामा पनि रमाउँछ
कुनै ज्योतिको उज्यालो
म मेरो गन्तव्यको यात्री
एउटा युगको छायाले
नयाँ समय खोजी रहेको म एउटा पात्र
आशा भगवानको रूप हो
बाँचेको समयले मृत्युलाई जितेको खुसी हुनसक्छ
मानिसहरू लिखित इतिहास भएका छन्
एक कवि भएर सहरको
बदलिँदो सपना हेरिरहेछु
लेखिरहेको छु
घाम छाया जस्ता जीवनका गोरेटाहरू
लेखेर अमर हुने मेरो दर्शन के जीवित छ ?
के दर्शनले मानिसलाई एक्लो बनाउँछ ?
म शून्यताको आवाज गुञ्जिएको सुन्न चाहन्छु
त्यो उज्यालो ज्योतिभित्र शून्यता लुकेको छैन
छ भने केवल समयले सूर्यको किरण पर्खिरहेको छ
हेरक मोडमा जीवनको कुरा
हेरेक पलमा कति बाँचेको हुन्छ मानिस ?
एउटा प्रश्न समयलाई, त्यो समय इतिहास हुनु भन्दा अगाडि ।
विराटनगर -१३, नेपाल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला