भएको छ रात
अस्वप्न आज
कुरेको थिएँ नदीको तटमा
वियोगको जलपोतलाई
निम्त्याउने रहेछ
पीडादायक कायाले
प्रेमको कोतपर्वमा सदैव
सुतेको रहेछ लन्डन सहर
गहिरो निद्रामा आजै
गरेको थिएँ सम्झौता
पीडादायक कायासँग आखिरीमा
सक्दैन रहेछ
वेदनाको खिलसँग
रोपिएर गुजारा गर्न
जीवन सदैव
छैन आस्था मलाई
आफ्नै छायाँसँग आज
छैन कुनै मलम नै
मेटाउन चन्द्रको दागलाई
लागेको रहेछ ग्रहण
मायामा आज
जाँदैछु बिछोडको गाढामा
निर्जन रेगिस्थानमा
लड्दै पीडादायी काया माझमा
हिँडेर मरुस्थलको मोहडामा
दिलाउने छ यो मरुभूमिले
सकुन जलेको मुटुमा आज
गरेको थिएँ मूर्तिलाई
सिकाउन पिरतीको पाठ
भएको रहेछ त्यो मूर्ति
धोकेबाज आज
त्यसैले मिलाएर हात
बिछोडको रथको
कोचवानलाई
गरेको छु कोरा जीवन
सुरुवात आजै
पथ प्रदर्शन गर्दै
पलपलको घडीलाई
गरेको छु वध विगतदेखि
भविष्यको चोलालाई
गरेर तिलञ्जलि धोकेबाजलाई
रहेछ बढाउनुपर्ने एकाग्रता
यो पीडादायी कायामा आजै
सक्दैन रहेछ अहिले
वेदना रुपी झरले
प्रतिस्थापन गर्न
मानवरुपी शरीरमा
गर्ने रहेछ प्रवेश
यो पीडादायी खिलले
आमाको गर्भमा पनि
रहेछ यो पीडक जीवाणु
लाम्चो किरो सरी सधैं
रहेछ यसको विद्यमानता
चुसेर रक्त वेदनाको दिनानुदिन
हुने रहेछ गिॅंडाइ
आत्मअन्वेषण शक्तिले
चक्र ध्यानले
विपसनाले
हुने रहेछ अल्बिदा सदैव
रहेछ गर्नु पर्ने मुठभेठ
आफैँले पीडादायी
अन्तर शरीरको मुहानमा
हुने रहेछ यो परास्त
शून्यतामा
जब हाम्रा प्रत्येक कोशीका
हुनेछन् जाग्रुप वर्तमानकालमा ।
बर्तुङ्, पाल्पा
(हाल: युके)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।