मान्छे कथा लेख्न, कति बाँचेको हुनुपर्छ ?
र उसले प्रेम लेख्न
कति प्रेम गरेको हुनुपर्छ ?

यस्तै सवालहरूले कतिकति मेरो कल्पना
लगेको हुनुपर्छ ।

मान्छेले मृत्यु के लेखेको छ र ?
उसले त्योभन्दा बढी युद्ध खेपेको छ ।

रहरको आशामा कतै उत्सवको दियो
बलेको छ वा छैन ?

के रहर नै हो जिन्दगी ?
या हो रहर पुरा गर्नु जिन्दगी !

रहर गर्न मान्छे, कति बाँचेको हुनुपर्छ ?
कति खुलेर हाँसेको हुनुपर्छ ?

आफूलाई मनपरेको चित्रले
कति विचित्रको कला देखाएको हुनुपर्छ ?

किन कोमल छ मनको गणित
अनि समाजको प्रेम कठोर ?

र मान्छे धनी हुन मनको
कति पैसा कमाएको हुनुपर्छ ?

विराटनगर -१३, नेपाल