अन्तर्मन हाम्रो एक थरीको गाग्रो
अनेक भाव रसायनले भरिएको
छचल्किन्छ बेलाबखत अनायास नै
बोल्ने सुन्ने फुर्सद कसलाई मिठो राम्रो
कठै ! निन्दा रसमा लठ्ठ समाज हाम्रो ।
विष ओकल्नेहरु ठूला क्रान्तिकारी रे
गरी खानेहरू सबै चोरडाँका हुन् क्यारे
अरूको हुर्मत लिँदै हिँड्ने अनाहक मै
काम केही नगर्ने भयो सबैको प्यारो
कठै ! निन्दा रसमा लठ्ठ समाज हाम्रो ।
आफूले के गरे गरिन लेखाजोखा नराख्ने
कुन बाटो हिँडे, के बिराए हेक्का नराख्ने
कनपारो तताउने शब्दले पायो वाह वाह
अरूलाई लडाउँदै हिड्ने मान्छे भएछ हिरो
कठै ! निन्दा रसमा लठ्ठ समाज हाम्रो ।
छिमेकी लड्यो रे, हिँड्दाहिँड्दै एक दिन
जाँड पचेन, भीडमा करायो कुनै एकले
हो, हो, सही कुरो, बर्सिन थाले शब्दबाण
क्षतविक्षत कानमा दोषी ढुङ्गो सुसायो
कठै ! निन्दा रसमा लठ्ठ समाज तिम्रो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला