फूलबारीमा फुरफुर
गर्ने कति राम्री पुतली
राता, नीला, हरिया, पहेँला
तिनका राम्रा पखेटा
नचाउँदै कति राम्रो
गर्छिन् यताउता

कहिले यो फूल
कहिले त्यो फूल
रमाउँदै डुल्छिन्
मिठो‑मिठो बास्नामा
सधैँभरि भुल्छिन्
फूलको रस चाख्दैचाख्दै
सबैतिर पुग्छिन्
दुःख फिक्री केही लिन्न
सधैँ खुसी हुन्छिन्

मलाई पनि पुतलीझैँ
डुल्ने रहर लाग्यो
रमाउँदै खेल्ने कस्तो रहर जाग्यो

आऊ साथी आऊ
हामी पनि पुतलीझैँ
खेल्दैकुद्दै रमाऊँ
एउटाले अर्कोको हात समाऊँ
खुसी भई एकैसाथ
सबले ताली बजाऊँ।

 

बेलबारी, मोरङ