बाउनका घरमा
मात्र मेरो जन्म हुने भए
हे ईश्वर दाया राखी
फेरि मलाई जन्मै नदे

न वारा, न मम
न छोइला, न कचिला
न मुस्या, न चतामरी
न सेकुवा, न पचक्वाँ
न समयबजी, न अयला
खाली मोही र मकै
खानु पर्ने भए
हे ईश्वर दाया राखी
फेरि मलाई जन्मै नदे

न घोंङ्गी, न ढिंकरी
न बढिया, न शाकिने
न शिद्रा, न झिंगिया
न पकवा, न भक्का
न खरिया, न महुवा
सधै घिरौंलाको तिहुनमा
चोख्यान हालेर खानु पर्ने भए
हे ईश्वर दया राखी
फेरि मलाई जन्मै नदे

न कन्चम्पा, न सुकुटी
न झानेको, न साँदेको
न स्वादिलो, न तिख्खर
न ट्वाक्क, न मुखै रसाउने
न सितन, न च्वास्स
आचमान गरेर सुरुप सुरुप
झोलै सित मात्र खानु पर्ने भए
बाउनका घरमा भुलेर पनि
फेरि मलाई जन्मै नदे

कहिले एकादशी
त कहिले औंसी पूर्णे
रोजै अनेक मिति र तिथि
कहिले धोर ग्रहण
सधैँ हविषे र सराद्धे
बाउनका घरमा
मात्र मेरो जन्म हुने भए
हे ईश्वर दाया राखी
फेरि मलाई जन्मै नदे ।।