थकाई, हार र
लक्ष्यहीन जीवन
हामीलाई कीमार्थ स्वीकार छैन
एकै पाइलामा लक्ष्य भेटियोस्
त्यो पनि हामी चाहँदैनौँ
लक्ष्यमा पुग्दा
खुट्टा दुखेको अनुभूति हुँदैन भने
त्यो प्राप्तिको के मजा ?
त्यसैले
हामी अप्ठेरोमै लक्ष्य चुन्छौँ
र
त्यो प्राप्तिको यात्रामा
दिनरात नभनी
अनवरत तल्लिन रहन्छौँ
कठिनाई चिर्दै
लक्ष्यमा लम्किएका
हाम्रा पाइलाहरु
एक निमेष रोकिने छैनन्
आकांक्षा र महत्त्वाकांक्षा
स्वाभिमान र अभिमान
यी सबै घोलिएको रगत
हाम्रा धमनीहरुमा
हरपल उर्लिरहन्छ
हामी मनमा बुद्ध
मुटुमा बलभद्र
र
मस्तिस्कमा सचेतना बोकेर उर्ली हिँड्ने
२१ औँ शताब्दीका सचेत युवा हौँ ।
दाङ
हालः न्युजिल्यान्ड
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट मंसिर २१, बिहीबार १३:२३