अविश्वासको मतपेटिकामा

विश्वासका सुरक्षण शिलहरू लगाउनु छ

भावनाका मतपत्रहरूमा ठोक्ने

स्वस्तिक छाप जाँच गर्नु छ

धोका हुन सक्छ यहाँ

जालझेल हुन सक्छ

चलखेल पनि हुन सक्छ

किनकि यो

तिमी या मैले जित्ने सपनाको चुनाव हो

तर जसले जिते पनि

जसले हारे पनि

उद्देश्य त हाम्रो मायाको

गठबन्धन सरकार बनाउनु नै हो

किनकि

न तिम्रा रहरहरूको बहुमत पुग्छ

न त मेरा रहरहरूको

त्यसैले सान्नानी !

आऊ सँगसँगै सहमतिको

मुचुल्का उठाऔँ ।

 

म्याग्दी