
पुराना सहपाठी एक पटक साझा मञ्चमा
साट्यौं घटनाहरू स्मरणीय पलहरू
पानी धेरै बगे पनि चट्टान त त्यही छ
चढेर जहाँ एकार्काको खिंचाई गर्यौं
पलहरू सम्झने कोसिस गर्दा
कति लापरवाह कति सोझा
गरेका मूर्खतामा उछृङ्खल बन्दै
अचम्भ लाग्यो कति समुद्र पार गर्यौं
सरहरूलाई दिइएको उपनामको मज्जा लिँदा
गाली खाएर सिकेका पाठहरू
चिया बारीका बुट्टामा रोमाञ्चित भई
लुकेका प्वालमा गाएका गीतहरू
आज आ-आफ्नै संसारमा मस्त भए पनि
ती अविस्मरणीय पलहरू सब साझा भए
वाचा गर्दै आज सदा सम्पर्कमा रहने
अझ नयाँ स्मरणहरूको निर्माण गर्दै जाने
यो जोड हुने छैन कहिले कमजोर भनी
बिदा लिंदै अङ्गालोमा कसिने वाचा गर्यौं
समय र स्थानले पनि च्यात्न नसकोस्
अन्तरात्माको गहिराईमा त्यसरी मिलौं।
अभिमन्यु माझी
टिम्बुर, रोहिणी
खर्साङ्ग



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
