म रित्तिएको छु
मलाई भित्रदेखि
खाली महसुस भएको छ
मसँग छैन मनभित्र गढेका विषालु काँडा
उद्यानमा हिँडेका मेरा पाइला पनि खाली छन्
एक कदम अझै हिँड मसँग
यो खाली आभास हुनु
भनेको सन्तुष्ट हुनु हो
मलाई समुद्रको पानीले
मेरा पाउहरू भिजाएर
रित्तो बनाएको छ
नीलो गगनको
विशाल आभासले
मलाई खाली
महसुस गराएको छ
ताराहरू खाली छन्
उनीहरू झरेर गए
अनि बिहानी भयो
तिमी मलाई रित्तो देख्नु
अनि भर्नु मलाई
युगयुगसम्म
म फेरि रित्तो भएँ भने
अरु कसैको नभएर
तिम्रो हुने छु ।
विराटनगर-१३, नेपाल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला