परिवर्तनको

उज्यालो

मार्ग रोज्न

समृद्धिको उच्च

शिखर टेक्न

छिन्न भिन्न

बाटा गल्छी

सम्याउन

दिग्भ्रमित लाखौँ

युवाको राष्ट्र

कहिले हुन्छ ?

भनिदेऊ न लौ

स्वादिलो सपना

बाँडनेहरू हो

 

दिवास्वप्नको खोजीमा

भौँतारिएका सन्तान सम्झेर

निष्पट्ट रातमा

चुपचाप (मौनतामा) गुनिरहन्छु

मेरो अन्तस्करणको

आरोहअवरोहका

कुराहरू कहिले सुनाउनु ?

 

ढाँट र छलकपटको

पुस्तकालय खोलेर

क्रदन र रोदन

यत्र तत्र सर्वत्र

खुट्टा तान्ने संस्कारले

आँखाको उर्लंदो भेलको

बाँध कहिले

रोकिन्छन् ?

भनिदेऊ न लौ

स्वादिलो सपना बाँडनेहरू हो

 

वारि र पारिको

रहर वा बाध्यता

दिन प्रतिदिन

मक्किदैछ

पर्खालहरू

वल्लो पल्लो मन

समुद्रपारिको

मरुभूमिमा

पसिना पोख्न

विवश

तन्नेरी काँधहरूलाई सम्झेर

आँखाको डिलबाट खस्ने

आँसुको पहिरो

कहिले रोकिन्छ ?

 

जीवन र जगतको

बुद्धिको बिर्को खोली

मस्तिष्कमा

न्यायको ढकले

जोख्छौ कहिले

भनिदेऊ न लौ

स्वादिलो सपना

बाँड्नेहरू हो

आँसुको पहिरो

रोकिन्छ कहिले ?

 

विराटनगर  -३