ए नाति, कस्तो वाद हो यो
मानिस सयमा सफारी चढछ, रु ५० को उधारो सामान लिन जान्छ
खान्छ गुटखा र झोल
उग्राउँछ निरन्तर, बढाउँछ इज्जत इमान भन्छ
भाच्दैन सिन्को, गर्दैन परिश्रम ऊ
भन्छ,पैसा टिप्छु प्रदेश गएर, विमान लिन आउँछ
ए नाति, कस्तो वाद हो यो
मानिस एक पाउ दुध बीसमा बेच्छ र रु. २५ को चाउचाउ मान गर्छ
देखासिकीको जमाना आयो
माटो र मातृत्व जान्दैन, ऊ इमान मान लिन चाहन्छ
आयो ऊ, ठोक्यो भाषण, समाजवाद हाम्रो मुद्दा हो
कठिन छ यहाँ एकछाक खाना, वर्तमान बिती जान्छ
ए नाति, कस्तो वाद हो यो
मानिस एक स्पर्श गर्छ, र २ झिमिक्कमा गुगललाई शक्तिमान मान्छ
सोच्छ पैसा हो सबथोक
सक्दैन ऊ थाम्न,पाँच खेतालाको कमान गुमाई जान्छ
सार्दैन सिन्को वरको पर ऊ
छैन अमन चैन यहाँ, भन्छ कर्म ओमानतिर मान्छ ।
वीरेन्द्र मा.वि., भद्रपुर ७
झापा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ कार्तिक २०८२, आईतवार 






