यो मुख दिएपछि त बोल्ने शक्ति पनि दिनु भगवान्
बिना चाबी ताला खोल्ने शक्ति पनि दिनु भगवान्
सुनचाँदी त बडाले नै तौलेकै छन् यहाँ बारम्बार
मेरो रगत पसिना तौल्ने शक्ति पनि दिनु भगवान्
म त एक कम्जोर नेपाल देशको टुहुरो जनता हुँ
मलाई लामो बाटो छिचोल्ने शक्ति पनि दिनु भगवान्
म प्रत्येक पाखण्डीको वक्षमा विराजमान हुन चाह्न्छु
सूर्यको ताप भन्दा कठोर पोल्ने शक्ति पनि दिनु भगवान् ।
विराटनगर -१
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला