के तिमीलाई याद छ
त्यो झरी परेको दिन थियो
कुइरोले छप्पकै छोपेको पहाडको फेदीमा
रूखझैँ उभिएर हामी लामो संवाद गर्दैथियौँ
एक अदृश्य यात्री
जसलाई आउनु थियो
आएर केही नभनी जानु थियो
तर हठात् समय नपुग्दै पो ऊ आयो
र तिम्रो हात समाएर आफूतिर तिमीलाई तान्यो
अनि त्यो बाक्लो कुइरोले ढाकेको पहाडको फेदीबाट
दुई पाइला अघि सरेर कुइरोमा टेकेपछि तिमी कुइरो भयौ
आजसम्म
म त्यही बाक्लो कुइरोभित्र
एक्लो रूख भई उभिएको छु
त्यही अदृश्य यात्रीको प्रतीक्षामा
यसपटक ऊ नागबेली बाटो भएर आउँछ सायद
र पुर्याउँछ कि मलाई तिमी बसेको त्यो कुइरोको देशमा ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला