नतौली नबोल्नू कुरा जिन्दगीको
चलाएर मार्लान् छुरा जिन्दगीको

बताऊँ गरी के भिरालो र पाखो
छ गाह्रो उकालो धुरा जिन्दगीको

पियारी ! तिमीले नसोधी मलाई
नलेख्नू कहानी बुरा जिन्दगीको

अँध्यारो तुवाँलो तुसारो र जाडो
उदाएन चन्द्र पूरा जिन्दगीको

सपारूँ म आजै, निकम्मा कहाँ छन् ?
सिलाऊँ ? र टालूँ ? खुरा जिन्दगीको ।

बहर : मुतकारिब मुसम्मन सालिम