(मर्ज पाइरकीको कविता when a friend dies को नेपाली भावानुवाद)
अनुवादक: श्याम गैरे
स्लेमन माछा तृप्ततामा दौडिएको छैन
भकारीको गहुँले अब बढी पेटहरू भर्ने छैन
शून्यतालाई दर्दले जितिरहेछ
तर सहनशीलता
भोकले मस्तिष्कलाई चुसिरहेछ
छुटेको त्यो अन्तिम गासका लागि।
अटल प्रेम र धैर्यताकाहरु निसास्सिएछन्
दिनलाई भोकले बगायो
एउटा पारिवारिक दुःखको दूरी
दाँत झिकिसके पछि जसरी
एउटा विशाल रातो तारामा बिलायो
खाली आकाशको कुनै एक ठाउँमा
धनुष जसरी निहुरिएर
विशाल रात्री सकिएपछिको सिकारी
टोलाइरहेका अनिदा आँखाहरु जसरी
जब पीडा र थकानको युद्ध चल्छ
र थकानले जित्छ, बन्द हुन्छन् मेरा आँखा।
त्यपछि फेरि पीडा उदाउँछ प्रभातमा
र तिमी टोलाउँछौ प्रभातमा
त्यसपछि प्रभातले तिमीलाई अन्धो बनाउँछ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 









