ए झरी !
तिम्रो मनपरी
चलिरहोस् यसैगरी
तनमन भिजाउने गरी
ए झरी !
तिमी कति प्यारी !
धरा चुम्न मग्न मस्त सुकुमारी
शीतल स्पर्शले मार्यौ भुतुक्कै पारी
ए झरी !
दिनभरि रातभरि
कति बर्षन्छ्यौ हे हरि !
उत्तेजना अशान्त झन् पार्ने गरी
ए झरी !
तिम्रो नाम थरीथरी
सबै खाली, भो भरीभरी
चाहन्छु तिमीलाई म मरीमरी
ए झरी !
नशा चढी
नघटेर बढी बढी
आऊ खेलौं हामी लडिबडी
ए झरी !
मेरी स्वप्निल परी
तिमी वर्ष तप्प तप्प
मैमाथि है जीवनभरि ।
धनुषाधाम नगरपालिका -४, सर्सा, धनुषा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला