पाएँ खबर भिसा पाएँ भनेर
भएको थिएँ खुसी क्षणभङ्गुर
थरथर कापेका थिएँ औँलाहरू
गएको थिएँ दूतावासमा
गर्नलाई हस्ताक्षर पहिले
रुझिभिजी आँसुले
मेरो रुमालहरू
भएको थिएँ ओढहरू छेकथुन
थिएन तम्तयार विचार शक्तिहरू
प्रीति त्याग्न जन्मस्थललाई
गर्दथे बिन्तीभाउ ईश्वरलाई
पाउने छु फिर्ती छिटै
स्वदेशमा भनेर
रहेछन् धेरै न्यून
प्रवेशआज्ञा निवेदक पहिले
भएको रहेछु अचेत विमानमा
सकेको थिइनँ स्वीकार्न
मेरो हृदयले
पर्देशको भूमिमा
चाहेको थिइनँ गुमाउन
नेपाल आमालाई
गामबेसीलाई
आफन्तलाई
जुरेलीलाई
बिरालोलाई
स्वामी रुखलाई
चुकौनीलाई
त्यो लाकुरे भन्ज्याङलाई
माडीलाई
भ्याकुरलाई
आउँदो रहेछ चलचित्र सरी
लाग्दो रहेछ सुन पनि
पितल सरी
हुनेछ जब आफ्नो माझमा
रहेछ लाग्ने सबैथोक किम्म्ती
गुमाउनेछौ सदाका निम्ति
आएको थियो जब चेतना
त्यो खाडीको तीव्र आँचमा
पाएँको थिएँ तारे होटेलको
शैय्यामाझ आफूलाई
थिएन मसँग पखेटा
उडी छुन स्वदेशको नभलाई
राखेका रहेछन् बन्धक
मेरो राह्दानीलाई
बितेको थियो दुई दिन
तिखो वेदनामा
लागेको थियो
व्यर्थ गरेको रहेछु
हतारो उडान पर्देशमा
आएको थिएँ पर्देशमा
लगाउन मलम पट्टीहरू
जनयुद्धको आलो घाउमा
गुन्जिएको थियो
बाहिरी दृश्य
प्रार्थनाका मधुर ध्वनिकुण्डले
अन्त्यमा
पुगेको थिएँ सकुशल
गन्तव्यमा
बसेका रहेछन् स्वार्थी
स्वदेशका केही तन्नेरी
लगाएका रहेछन् आँखा
मेरो पैसोमा
लागेको थियो
आफ्नो देशका
साह्रै नैतिकवान्
तर रहेछन् ती
स्वार्थ परायण
हुँडार सरी
रहेछन् मतलबी
भएको थियो हरेक
आरोह अवरोह
एउटा भुक्तभाव सरी
भएको थियो त्यो
अन्तिम भेटवार्ता पहिले
चुस्स्सुहरू माझ
सुनेको थिएँ नेपाली आतिथ्य
रहेछ नमूना सरी
संसारभर
रहेछ त्यो विदेशी
आगन्तुकलाई
स्वदेशमै परिमित पहिले
बसेको थिएँ केहीबेर
लाग्दो रहेछ सम्झँदा
केही दशकभन्दा अधिक
रहेछ तन्नेरी भुराभुरिलाई
अहंकार प्रशस्तै
रहेछन् धेर तमासामा
प्रफुल्ल हुनेहरू पहिले
भएका रहेछन् तिनीहरू
विचेता
मानवताप्रति पहिले
रहेछ कारक
हाम्रो देशको व्याप्त
निर्धनता
विमुख थियौँ
धेर युवाहरू
सानैदेखि
विज्ञान र प्रविधियुक्त
समाजबाट
रहेछ हाम्रो राष्ट्र
धेरै पिछडाहट पहिले
भएर ग्रसित जातीय मतान्धताले
हुँदोरहेछ मानव मस्तिष्क
जुम्सो दिनानुदिन
राखेको हुन्छ बाँधेर
दैनिकी जीविकोपार्जनको
भिडन्तले
नभएसम्म मुक्त
गाँसबासको
घम्साघम्सी माझ
सक्दैन रहेछ
नवीन हुनलाई
त्यसैले हुनेछ
मनुवा आविष्कारक
हुनेछ जब
विचारमा शून्यता ।

 

बर्तुङ्,पाल्पा (हालः युके)