जितका कथा छापिएका छन् हजारौँ
लाखौँमा छन् नजितिएकाहरू
हारलार्इ नस्वीकारी जितिएका कहाँ छन्
जीवनलाई मान हारमा पनि
कोसिस पनि नगरेका छन् कति
कोसिसमै जित्छौ तिमी
हारलाई डर नमान
जितको सम्वाहक ठान
खुट्टा तान्ने भेट्न टाडा नजानू
पलपल सँगै छौ
कथा तिम्रो यस्तो लेख्नु
पढ्न तिनैले परून् फेरि
डरले तिमी रत्तिभर गोडा नकमाउनू
दौडिनु सक्दैनौ
हिँड्नु सक्दैनौ
घस्रिनु तर
पछि कहिल्यै नहट्नू
कथा फेरि एउटा हारको लेख्न
मजबुरी होस्
तिम्रो फेरि यहाँ खोजी होस्
कथा फेरि हार्न मजबुर गरोस्
कोसिसले नै जीवन देओस्
बार बार हार्न र हारेर जित्न प्रेरित गरोस्
चट्टान कहाँ आफैँ फुट्दछ यहाँ
हार तिम्रो आफैँ बारबार होस्, मनोबल नगिरोस्
म एउटा फेरि हार लेख्दैछु
तिम्रो जीवन हार्नुअघि हार हारोस्
जीवन जितोस् तिम्रो कथामा, हार हारोस्
म त्यस्तो एउटा हार लेखूँ, जसलाई जित पनि हारोस्
बारबार एउटै फलाम पिटी हतियार बनोस्
त्यै हतियारले खेत जोतोस्
त्यै खेतको बालीले सबको पेट भरोस्
म फेरि एउटा हार लेखूँ, जसले जीवन सधैँ जितोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।