सँघारमा उभिएकी छौ तिमी
तिमीलाई स्वागत गरौँ कि बिदाइ
म आफैँ दोधारमा छु
गनिरहेको छु ती पलहरु
जसलाई तिम्रो आगमनले अनमोल बनाएको थियो
अनि बिर्सन खोजिरहेको छु
हाम्रा कयौँ मौन संवादहरु
जहाँ व्यक्त गरिएको थियो
वियोगका सुस्केराहरु !
तिम्रो आगमनले ल्याएको थियो
एउटा भव्य उमङ्ग
जसलाई सजाएको छु स्मृतिको कोलाजमा
सायद तिम्रो बिदाइ पनि
उत्सव बन्नेछ यो शहरमा
तिमीले गाउने स्वतन्त्रताको गीत
फेरि एकपटक बज्नेछ यो ब्राह्मणमा
सम्झिदै जाँदा सम्झिने रहेछ
तिम्रो सुन्दर केशरासीमा अल्झिएका
सम्झनका अनेक फूलका थुङ्गाहरु
तिमीसँगको पहिलो भेट
तिम्रा मुस्कानहरु
तिम्रा इशाराहरु
तिम्रा सङ्केतहरु
सबै सबै सम्झिने रहेछ
सम्झिने रहेछ पहिलोपटक
तिमीलाई सम्झिदै
जूनहरु हेरेको कथा
तिम्रा प्रत्येक चन्चलता भित्रका शालीनता
तिम्रा प्रत्येक संवादहरु भित्रका दार्शनिकता
तिम्रा प्रत्येकअच्यूत गौतम स्पर्शहरु भित्रका असिम स्नेह
सबै सबै नियालिरहेको छु
तिमी उभिएकी छौ सँघारमा
तिमीलाइ स्वागत गरौँ कि बिदाइ
म आफैँ दोधारमा छु
स्वागत गरौँ तिमीले गुमाइसकेकी छौ
तिमी आफैँ भित्रको भव्य व्यक्तित्व
बिदाइ गरौँ
म वियोगले रन्थनिने छु
तिमी आफैँ भन म के गरुँ !!
बुटवल, रूपन्देही
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।