‘म’ को हुँ ? 

मेरो पछि करोड़ौं मानिस दगुर्छन्
म सर्वव्यापी छु
मान्छेलाई रुवाउँछु, हसाउँछु
म मानिसको निद्रा, तिर्खा, भोक हरण गर्छु
जन्मदा पनि मलाई चाहिन्छ
जान्नेलाई यही नजान्नेलाई कतै न कतै
राजा-भिखारीलाई पनि मेरो खाँचो
म नहुँदा सबैको हुन्छ नाश
मेरो लागि मान्छेले मान्छे चिन्दैन
श्वास भए नभए पनि जस पाउँदैन
‘म’ को हुँ ?
मान्छेलाई थाङ्ने, माग्ने बनाउँछु
मेरो निम्ति असत्य, हिंसा गर्न कर लाग्छ
म लज्जित पार्छु, सम्मान दिलाउँछु
म मानिसलाई उँभो चडाउछु, भिरमा ठेल्छु
‘म’ को हुँ ?
चिन्नेले अघि नै चिने
नचिन्नेलाई भन्दैछु
म आखिरमा पैसा त हुँ
होइन र मानिस हो?
म पैसा हुँ
साँच्चै…
म पैसा हुँ।

समार दलनी, विश्वनाथ, असम