हिँडेको थिए युरोपको खोजीमा
हिउँदको माइनस जाडोको
कहलीलाग्दो रातमा
निखोजले आफूलाई
बनाएको रहेछन् कैदी आफैँले
सर्बियाको ठिहिराउने
ओडारमा
थिएन आँखालाई
प्रत्यक्ष गराउने आलोक पनि
व्यतित गरेका रहेछन्
रजनीहरू
एकलासे रेलको डिब्बामा
सुतिरहेको थिएँ
मेरो कलकलाउँदो शरीर
खइ लागेर
फलिएको रेलको डिब्बामा
मरे समरूप सरी
सुनेको थिएँ पहिला
पाउने छु स्वर्गश्री युरोपमा
रहेछन् मानव
साह्रै संवेदनशील भनेर
पाउनु सकिएन सुवास समेत
मानवताको
हिम जडित सेतो फाँटमा
बाल्दै जंगलमा रहेका टिम्मालाई
लागेको थियो स्वदेशमै
मरण बेस
सम्झेर त्यो अत्यास
भंग भएको रहेछ
सहनसीमा दिनानुदिन
तसर्थ गर्न सके मिहिनेत स्वदेशमै
लागेको थियो बित्था अहिले
त्यो यात्रान्त
झुण्ड थियो बेतालमा
भएका थिएँ पराधीन
गृह युद्ध र भ्रष्टाचारीहरूबाट सदैव
पाएका थिएनन्
कलिला मुनाहरूले
दृष्टान्त गर्न
क्याम्प बाहिरिया
जगतलाई पहिलादेखि
सुनेको थिएँ
धातु मसिनो तारमा
करेन्ट जडित पर्खालमा
छोडाइ गर्छन्
सिकारी कुकुर पहिलेदेखि
सम्झेर त्यो यात्रालाई
लागेको थियो
सपनाको युरोपेली भूभाग
रहेछ नरक समान पहिले
भएको रहेछ
आँखा रतन्धो
हराएर मूल्यमान्यता
भएको रहेछ
कठिन यात्रा
भरिभराउ सबै युवाहरूको
आँसुले
जगाउन पर्दो रहेछ
सचेतना आज
हुनेछ रक्षा अमूल्य ज्यान सदैव
समाप्ति गर्नुपर्छ
मानव तस्करको
तुच्छ व्यापारको
सत्यानाश सदैव
मिल्नेछ मेहनताना स्वदेशमै ।
बर्तुङ्, पाल्पा (हालः युके)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।