कौवाहरूका आँखाले देख्दैन
खेतखलिहानमा लहलह झुलिरहेका
सुवर्णमय अन्नबालीहरू
देख्दैनन् धर्ती सजाउने रङ्गीविरङ्गी फूल
अनि तिनका मालीहरू
जिन्दगी हेर्दैनन्
मायाले बेर्दैनन्
उनीहरूको अर्जुनदृष्टि
केवल खासमा हुन्छ
दुर्गन्धित लाशमा हुन्छ
कौवाहरू
जस्तो कि –
तिनका पेटमा तीखा भाला हुन्छन्
आवरणजस्तो भए पनि
मनका काला हुन्छन्
सुकेको होस् वा हरियो
थाप्लो होस् वा बरियो
उच्च स्थानमा दुर्गन्धित पाइला टक्क टेकेर
काँऽऽ काँऽऽ कराए भयो
कौवाहरूले
जतिसक्दो बेथिति गराए भयो
कौवाहरू
मनका काला हुन्छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला