आशाको जल अँजुलीमा
अडकलेर छम्केसी
छरेर बीउ माटोमा हिजो
भोलि उम्रन्छन् र फुल्छन् तुलसी
नउम्रेका बीऊको हुँदैन लेखाजोखा,
लहलह उम्रेका मुना देखेसी
सपना थोर बहूत घटेरै
सयौँमा छिटपुट हो उम्रनी
घर गृहस्थमा गुँडको माया
हुन्छ चरालाई जसरी
दुःखले छाड्दैन मानिसलाई
वर्षा, खडेरी अनि मलमासमा पनि
(हरेकले देख्ने)
सपना फरक हुन्छ
पर्वत र फाँटको घामै फरक भए जसरी
(यता उता के खोज्दै छौ ?)
टेक्ने लौरो भाँच्चियो बिस्कुन ठटाउँदा
(मेरा) पाखुरा समाऊ सँगै हिँडौली
कस्का घरमा पाक्छ ढिँडो – दाइँ गरेको साँझ ? झर्किएँ बेस्सरी
नदुखाऊ चित्त स-साना कुरामा
भेटदा, मागौँला माफी
अँगालोमा कसेर बेस्सरी ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला