फर्कनेहरू फर्किसके
मेलाबाट खेतालाहरू
चरनबाट चाैपायाहरू
चाराे खाेज्न गएका चराहरू
रात खाेज्न हिँडेका दिनहरू
तर उज्यालो खोज्दै आएकाहरू
अँध्यारोमै फर्किए
जानेहरू पनि केही नलिई गए

र, अझै पनि
पर्खदाँ- पर्खर्दै बूढो भएको रुख जस्तै छ मलाई तिम्रो पर्खाई… ।

 

चतरा, बराहक्षेत्र, सुनसरी