मैले जस्तै तिमीले माया, गर्ने भए बुझ्ने थियौ
मानो पाथी समाएर, भर्ने भए बुझ्ने थियौ
जिउँदै मरेसरी भएँ, तिमीले माया मारेपछि
मैले जस्तै कयौं पटक, मर्ने भए बुझ्ने थियौ
प्यास कस्तो हुने रैछ, सोध बालुवालाई
तिम्रो बसाइँ मरुभूमि, सर्ने भए बुझ्ने थियौ
भावना र आँखाबीच, नाता जोडिएको कुरा
रुँदा मुटुभित्र आँसु, झर्ने भए बुझ्ने थियौ
प्रियजनले धोका दिए, श्रद्धा पनि मर्दो रैछ
घात प्रतिघातको बीउ, छर्ने भए बुझ्ने थियौ ।
कालिका ६, चितवन



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ कार्तिक २०८२, बुधबार 









