म नै हुँ
तिम्रा हजुरबालाई
विद्यालय आउन रोक्ने
तिम्रा बालाई
तिमीले पढेर काम छैन भन्ने
म नै हुँ
तिमीलाई विद्यालयमा
विभेद गर्ने
समाजमा
सामाजिक दुरी कायम गराउने
रोक्दा रोक्दै पनि
तिमी रोकिएनौ
हो म नै हुँ
तिमीलाई कार्यालयको
प्रमुख हुन रोक्ने
राष्ट्रप्रमुख हुन रोक्ने
म
तिम्रा छोराछोरीलाई नि रोक्छु
तिम्रा नातिनातिनालाई नि रोक्छु
किन भने
म नै हुँ
तिमी पैतलाबाट जन्मेको
हल्ला चलाउने
विश्वास नगर्नेलाई
चार डाँडा कटाउने
जात व्यवस्था लदाउने
शोषण गर्ने
हो म नै हुँ
अन्तरजातीय विवाह गर्ने
जोडीको घर जलाउने
लखेटीलखेटी ज्यान लिने
बद्नाम गराउने
आत्महत्या प्रमाणित गर्ने
हो म नै हुँ, म नै हुँ
त्यो मान्छे
जसले तिमीलाई
रोकिरहन्छु जहाँतहीँ।
लालबन्दी ४, हरिभवन, सर्लाही
(कवि लालबन्दी नगर वाङ्गमय परिषद्का संस्थापक आजीवन सदस्य हुनुहुन्छ ।)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० कार्तिक २०८२, आईतवार 










