म ढुङ्गा हुन सकिनँ
ढुङ्गा भएरै देउता हुन पाउनु
ढुङ्गा भएरै कठोर हुन पाउनु
ढुङ्गा भएरै अजम्बरी हुन पाउनु
ढुङ्गाको पनि आफ्नै सुन्दरता छ
ढुङ्गा –
लागे चोट हुन सक्छ
सजाए कला हुन सक्छ
छेउमा नदी बगे बगर
थकाइ मारे बिसैने चौतारी
म ढुङ्गा हुन सकिनँ
तैपनि ऊ भन्छे, हजुरको मन त ढुङ्गाकै रहेछ ।
०० ०० ००
हाल- पोखरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला