गर्नुपर्छ विश्वास, एकले अर्कालाई
सन्तानले आफ्नो अभिभावकलाई
परिवारका एक सदस्यले अर्को सदस्यलाई
प्रेमीले आफ्नो प्रेमिकालाई

एक साथीले आफ्नो अर्को साथीलाई
रोगीले आफ्नो डाक्टरलाई
विद्यार्थीले आफ्नो शिक्षकलाई
हाकिमले आफ्ना कर्मचारीलाई

ग्राहकले आफ्नो दोकानदारलाई
मालिकले आफ्ना कामदारलाई
एक छिमेकीले अर्को छिमेकीलाई
भक्तले आफ्नो भगवानलाई

एक नेताले अर्को नेतालाई
एक नेपालीले अर्को नेपालीलाई
विश्वको जुन सुकै कुनामा बसेका एकले अर्कालाई
एकअर्का प्रतिको विश्वास नै हो, सबैभन्दा ठूलो कुरो
आखिर विश्वासमा नै चलेको छ संसार
अनि विश्वासमा नै चलेको छ, सृष्टि ।