हिमाल पहाड तराई जोडेर
मूल फुटाउनु छ विकासको यहाँ
उत्पादन र बजार बढाएर
भित्र्याउनु छ पैसाको बिटो
कमाएको पैसा आफ्नै देशमा रहोस्
लगाउनु छ अब त्यस्तो जुक्ति यहाँ
बाटो बिजुली पर्यटन बढाएर
औद्योगिक क्रान्ति गर्नु छ यहाँ
भारत, चाइना र अमेरिका बजार होस्
युवा होइन सामान पठाउनु छ त्यहाँ
युवाको पसिना आफ्नै देशमा बगाएर
आमाबाको अनुहार हँसाउनु छ यहाँ
हरेक युवाको जवानी आफ्नै देशमा बितोस्
योजना गर्नु छ अब मेरो देशको यहाँ
युवाको नेतृत्व भ्रष्टाचारको अन्त्य होस्
हजुरबाआमाको सपना पूरा गर्नु छ यहाँ
सगरमाथा, बुद्ध र सीताको देश हो यो
सधैँ शिर उच्च राखी बढ्नु छ अघि यहाँ
कार्यालय संघसंस्था सबै क्षेत्रलाई
समावेशी बनाउनु छ हजुर यहाँ
समान न्यायको आभाष पु-याएर
पहुँच विहीनहरूको नेतृत्व बढाउनु छ यहाँ
राष्ट्रप्रेम यसरी जगाउनु छ जगजगमा
सबैले सोचून् व्यक्तिभन्दा राष्ट्र पहिला यहाँ
राष्ट्रका पक्षमा राजनीति होस् सधैँ
जनताले चाहेजस्तो सम्पन्न देश बनोस् यहाँ
हरेक बाआमाको अनुहार हँसिलो होस्
देशमा चाँडै सम्बृद्धि ल्याउनु छ यहाँ ।
लालबन्दी नगरपालिका ४, हरिभवन, सर्लाही, नेपाल
(कवि लालबन्दी नगर वाङ्गमय परिषद्का कार्यकारी सदस्य हुन् । लेखक व्यवस्थापन तथा मानविकी संकाय गरी दुई संकायमा स्नाकोत्तर उपाधि हासिल गर्नु भएको छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।