चंगालाई जसरी
धागो बाँधेर होइन पिठ्युँमा
पक्षीसरी खुला आकाशमा
फिँजाएर पखेटा क्षितिजमा
उड्न देऊ मलाई
तिम्रा चलन, नियम
बन्धनहरूमा नबाँध
तिम्रा मान्यता, चक्र
तिमीले तोकेका सीमाहरू
तोड्न देऊ मलाई
म जसरी चाहन्छु
मेरो यो जीवन
पुरापुर बाँच्न देऊ
मैले सोचेझैं हरदम हरपल
राजी खुशी हाँस्न देऊ
बिताउदिनँ म
साँधुरो परिवेशमा
मेरो छोटो जिन्दगानी
सुनाउनु पर्दैन कसैलाई
शेषपछि मेरो कहानी ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला