
युगको अन्त्यपछि के ?
के होला सोचनीय प्रश्न
हाम्रो भाषाको समूल नष्ट
तिम्रो भाषाको समूल नष्ट
तिम्रो हाम्रो प्रगतिको समूल नष्ट
समस्त प्राणी जगतको समूल नष्ट
त्यहीबाट नयाँ प्रारम्भ !
नयाँ युगको प्रारम्भ, नयाँ खोजको प्रारम्भ
धर्मको समूल नष्ट नयाँ धर्मको प्रारम्भ ! नयाँ खोज !
फेरि पुन:जागरण, नयाँ खोज, नयाँ अभ्यास !
पुष्पक विमानको चर्चा नयाँ खोज नयाँ अन्वेषण !
रामायण महाभारत वेद पुराण कुरान बाइबल पुन: व्याख्या
राम रावणको चरित्र चित्रणमा फरकपन फरक व्याख्या
हाम्रो आजसम्मको खोज अन्वेषण व्याख्या पुन:परिभाषित
जिरो हिरो, हिरो जिरोको परिभाषा
नयाँ खोज नयाँ व्याख्या नयाँ विवेचना नयाँ प्रयोग
पदार्थको क्रिया प्रतिक्रियाको पुन:व्याख्या
गति र समय समान गतिमा नचल्ने व्याख्या
सूर्य पूर्वबाट उदाउने ध्रुवसत्य असत्य हुनेछ
युगको अन्त्यसँगै नयाँ प्रारम्भ हुनेछ
नयाँ नयाँ बिल्कुल नयाँ
अघिल्लो युगको खोज र व्याख्या खोज्न युगौँ लगाउने छन्
थोरै खोज्न र धेरै रुमलिन सक्नेछन्
युगको अन्त्यपछि नयाँ युगको पुन:शङ्खनाद हुनेछ
समूल नष्टको प्रक्रिया चलिरहने छ
फेरि बौद्धिक क्षमतायुक्त जीवको विकास हुनेछ
नयाँ खोजमा निरन्तर लाग्नेछन्
तिनलाई हाम्रो सम्पूर्ण उपलब्धि कसरी दिने होला ?
आउने युगलाई उपलब्धिहरू सम्पूर्णतामा
हस्तान्तरणको खोज
आजको आवश्यकता ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

