म हिँड्ने गोरेटो नागबेली परेको
उकाली ओराली रात्माटो भरेको
त्यो जंगल बिचैमा मसिन गुडगुडाको
म सुन्थेँ घरैबाट ढुङ्गा लडाको
घना थियो जङ्गल मसिनले लता-यो
लडे ती सल्ला कति तिनीलाई बटा-यो
टुक्र्यायो बीचैमा लोहोरीमा लदायो
चिराफारा पारी कसले घर बनायो
उडी गए चरी गुँड भत्कायो भन्दै
मरे ती बचेरा थिए भर्खर रम्दै
न बास्यो हलेसो, न बादल न पानी
डाँडा काटी गइछे जङ्गलकी रानी
रमाउँदै म खान्थेँ ऐँसेलु टिपेर
मेटाएर तृष्णा म जान्थेँ उठेर
गोरेटोसँगै त्यो पुरिएछ झ्याङ
नपाइने भो हिँड्न बेलुकी बिहान
भालु बस्छ भन्थे होस् गरी हिँड्नु
भेटिन्छन् बँदेल, स्याल सामु नपर्नु
लुकामारी गर्दै सिम कुखुरी हराउँछे
हरिणी बाला लिई कोही बेला आउँछे
सुनसान जङ्गल पखेरुमा पोथ्रा
बसेका थिए कयौँ भ्याकुरा ती ओथ्रा
छैनन् ती आज घरबार लुटाई
मरे कि उडे ती भन्नुहोस् मलाई ।
०० ०० ००
थिम्फू, भुटान
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला