
र
चोटहरूको
ठेगाना हुँदैन
अनि
ताकेर हानेका
बाँणहरू सबैको
निशाना हुँदैन
रावणको लंका जलाउने
सधैं रामराज्य
जमाना हुँदैन
बल्ल
रावणको दस टाउको
काट्न नमिल्ने बन्छ
सुपर्णखाको नाक
काट्न नमिल्ने बन्छ
सीताले रावण हरण गर्न सक्ने
राम अवतार रावणले वरण गर्न सक्ने
राम रावणको चरण पर्न सक्ने
यो त पुग अपुगको जमाना हो
सत्य हराएको युगको जमाना हो
यो कलियुगको जमाना हो
अनि
हनुमान
सबै रामहरूको हनुमान हुन्नन् कलियुगमा
सबै रामहरू जवान हुन्नन् कलियुगमा
सबै रावणहरू बेइमान हुन्नन् कलियुगमा
मर्यादामा राम हुन्नन्
अहोदामा राम हुन्नन्
समर्पित हनुमान हुन्नन्
फर्जी दोकान हुन्छन् बरु
धोका जानाजान हुन्छन् बरु
केही गल्ती केही भुलचुकको जमाना हो
हजुर यो कलियुगको जमाना हो ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
