प्रिय, तिमी सुन्दर कि फूल ?
नसोध कहिल्यै मलाई
प्रिय तिमी शितल कि जून
नसोध कहिल्यै मलाई ।।

फूल त केवल बगानलाई हो
तिमी त घरको प्राण हौ
जून त केवल आकाशलाई हो
तिमी त मेरो संसारै हौ ।।

फूल त केवल ऋतुमा फूल्छ
तिमी धड्किन्छौ मुटुमा हरपल
जून त केवल रात्रिमा झुल्छ
प्राण भर्छौ तिमी मनमा हरदम ।।

चाहिएन कूनै फूल मलाई
न त त्यो दूरको जून मलाई
बस्, तिम्रो साथ भए पुग्छ
बस् तिम्रो माया भए हुन्छ ।।

प्रिय, तिमी सुन्दर कि फूल ?
नसोध कहिल्यै मलाई
प्रिय तिमी शितल कि जून
नसोध कहिल्यै मलाई ।।

****  ****  ****
हरिवन, सर्लाही
हाल: ललितपुर