तिमीसित त शब्दहरु मात्र छन्
तिम्रो दायाँ हात
तिम्रो बुवाले
कुन साल बोल्नु भएको शब्द हो ?
तिम्रो बायाँ हात
तिम्री आमाले
कुन महिनामा उच्चारण गर्नु भएको शब्द हो ?
तिम्रा यी खुट्टाहरू
तिम्रा आमा बुवाले
कुन बुधबार सँगै बोल्नु भएका शब्दहरू हुन् ?
तिम्रा यी वक्षहरू
तिम्री हजुरआमाले
कुन तिथिमा बिहान जप गर्नु भएका राम र सीता हुन् ?
तिमीसित त शब्दहरू मात्र छन्
तिम्रा गालाहरू
तिम्रो हजुरबुवाले
कुन वर्षामा रुझ्दै पाठ गर्नु भएका राधा कृष्ण हुन् ?
तिम्रा यी औँलाहरू
तिम्री हजुरआमाले
कुन चैतको पूर्णिमामा सुनाउनु भएका दन्त्यकथाका शब्दहरू हुन् ?
तिम्रा यी आँखाहरू
तिम्रा माहिला बाले
कुन मङ्सिरको बिहान उच्चारण गर्नु भएका विष्णुहरू हुन् ?
तिमीसित त शब्दहरू मात्र छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला